Advertisement

कुरा बुझौ । प्रधानमन्त्रीको मृगौला जटिल अवस्थामा छ || Dr. Jyotindra Sharma in TOUGH talk with Dil

कुरा बुझौ । प्रधानमन्त्रीको मृगौला जटिल अवस्थामा छ ||  Dr. Jyotindra Sharma in TOUGH talk with Dil प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्केको दुई साता नबित्दै आज पुनः सिंगापुर जानुभएको छ । १२ बर्ष अघि मृगौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओलीले यसपटक नया“ औषधि परिवर्तन र मृगौलाको कार्यक्षमताको परिक्षणका लागि त्यहा“ जान लागेको जानकारी गराउनुभएको छ । 
स्वाभाविक रुपमा प्रधानमन्त्रीको स्वास्थ्यको ख्याल अधिकतम हुनुपर्छ । र त्यसका लागि अधिकतम प्रविधियुक्त अस्पतालको चाहना गर्नुलाई अन्यथा लिन पनि नमिल्ला । तर अब नेपालमै पनि व्यवस्थित र सुविधा सम्पन्न अस्पतालनहरु बन्ने क्रम बढेको छ । नेपालका चिकित्सकहरुले पनि चिकित्सा क्षेत्रमम उलेख्य उपलब्धी हासिल गरिरहेका छन् । 
शहीद गंगालाल अस्पताल, मानव अंग प्रत्यारोषण केन्द्र, तिलगंगा आखा अस्पताल, धुलिखेल अस्पताल जस्ता स्वास्थ्य केन्द्रहरुले निकै राम्रो उपलब्धी हासिल गरिरहेका छन् ।
तर नेपालमा उच्च पदमा रहेका व्यक्तिहरुले उपचारका नाम विदेश जान छोेडेका छैनन् । कतिपय सर्वसाधारण पनि भारत, थाइल्याण्ड, सिंगापुर लगायतका देशहरुमा उपचारका लागि जाने क्रम बढ्दो छ । यसले नेपालको उपचारप्रति अझै पूर्ण भरोसा नभइरहेको जस्तो देखिन्छ । 
नेपालको उपचार पद्धति कस्तो छ ? किन ठालुहरुलाई उपचारका लागि बिदेश नै जानुपर्छ ? के नेपालमै सबै खालका सुविधा उपलब्ध हुन सक्दैनन् ? नेपालका डाक्टरहरुको गुणस्तर कस्तो छ ? एउटा अस्पताललाई राम्रो बनाउन के गर्न सकिन्छ ? राजनीतिक हस्तक्षेपले स्वास्थ्य क्षेत्रलाई कसरी प्रभाव पारेको छ ? निजी र सरकारी अस्पतालहरुमा कस्ता विकृतिहरु छन् ? यीनै प्रश्नहरुकोे जवाफ खोज्न आज मस“ग हुनुहुन्छ, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकबाट हालै अवकास पाउनु भएका मुटुरोग सम्बन्धि विशेषज्ञ डाक्टर ज्योतिन्द्र शर्मा ।
नेपालकै एक प्रतिष्ठित मुटरोग सर्जन समेत रहनु भएका डाक्टर शर्माले आफ्नो चार बर्षे कार्यकालमा गंगालाल अस्पतालको सेवामा केही उल्लेख्य सुधार गर्नुयभो । अस्पतालको मासिक आम्दानी ७ करोडबाट झण्डै दोब्बर १३ करोड पु¥याउनुभयो । काठमाडौ बाहिर पनि मुटु रोग अस्पतालको सेवा विस्तार गर्नुभयो । 
आउनुहोस स्वागत गरौ आजका मेरा अतिथि मुटुरोग सर्जन तथा शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका पूर्व कार्यकारी निर्देशक डाक्टर ज्योतिन्द्र शर्मालाई 
TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
Produced by Interface Nepal- Media for Arts and Rights. www.interfacenepal.com
Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television.
Follow us for regular updates in:
Facebook:
Twitter:
Youtube:
Podcast: (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram:
#JyotindraSharma #TOUGHtalk #DilBhusanPathak

TOUGH talk,Dil Bhusan Pathak,Kantipur Television,Himalaya Television,Talk Show,Nepal,Fireside,Disanirdesh,Tamasoma Jyotirgamaya,Sidha Kura Janta Sangha,Ravi Lamichhane,Dr. Jyotindra Sharma,Shahid Gangalal Heart Center,

Post a Comment

0 Comments